काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेको छ । गृहमन्त्री अर्यालले सोमवार पदभार ग्रहण गरे संगै यस्तो निर्णय गरेका हुन् ।
कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्ले तय गर्नेछ । यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने र शव घर सम्म लैजानको लागि सवारी साधनको निशुल्क उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।
जेनजी आन्दोलनमा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय

प्रतिक्रिया