दुबई । एसिया कप २०२५ को भारत र पाकिस्तानबिचको खेल पछि विवादित बनेको छ । भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीहरूसँग हात मिलाउन अस्वीकार गरेपछि यो खेल विवादमा तानिएको हो ।
आइतवार भएको खेलमा भारतले पाकिस्तान माथि ७ विकेटको जित दर्ता गराएको थियो । पाकिस्तानलाई जितेपछि भारतका कप्तान सूर्य कुमार यादवले यो जितलाई मे महिनामा पाकिस्तानले गरेको सीमा विवादको ‘सही जवाफ’ भएको बताएका थिए । कप्तान यादवका अनुसार यो कदम एउटा विरोध प्रदर्शन भएको बताएका छन् ।
सामान्यतया खेलपछि दुवै टोलीका खेलाडीहरूले एक–आपसमा हात मिलाउने चलन भए पनि भारतीय टोलीका खेलाडीहरूले एक–आपसमा मात्रै हात मिलाए र भारतीय कप्तान यादव आफ्नो ब्याटिङ पार्टनर शिभम दुबेसँगै मैदानबाट बाहिरिए । तर पाकिस्तानी खेलाडीहरू भारतीय टोलीसंग हात मिलाउन प्रतीक्षामा थिए ।
यस विषयमा प्रश्न गर्दा भारतीय कप्तान यादवले भने, ‘जीवनमा केही कुराहरू खेल भावनाभन्दा माथि हुन्छन् । हामी पहलगाम आतंकवादी हमलाका सबै पीडित र उनीहरूका परिवारको साथमा छौं । ति हाम्रा बहादुर सेनाहरुलाई यो जित हामी समर्पित गर्दछौं, जसले ‘अपरेसन सिन्दूर’ मा भाग लिएका थिए ।’ अप्रिल २२ मा भारतीय प्रशासित कश्मीरको पहलगाममा भएको आतंकवादी हमला भएको थियो । जसमा २६ जनाले ज्यान गुमाएका थिए ।
यस बिषयमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रबन्धक नवेद अक्रम चीमाले म्याच रेफ्री एन्डी पाइक्रफ्टसँग विरोध दर्ता गराएका छन् । एसियाली क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष तथा पीसीबीका अध्यक्ष मोहसिन नकवीले पनि यस घटनामा निराशा व्यक्त गरेका छन् । ‘खेलमा राजनीति मिसाउनु खेल भावनाको विरुद्ध हो’ उनले भने ।
भारत र पाकिस्तान बिचको पुनः सुपर फोर चरणमा पनि खेल हुन सक्ने सम्भावना जिवितै छ । भारतले आफ्ना दुई खेल जितेर लगभग सुपर फोरमा स्थान बनाइसकेको छ । पाकिस्तानले अर्को खेलमा यूएईलाई हराएमा दुवै टोलीबीच आइतबार दुबईमा भिडन्त हुनेछ
आइतवार भएको खेलपछि भारतीय टोलीले पाकिस्तानी टोलीसंग हात नमिलाए पछि विवाद ।

प्रतिक्रिया