सिमरामा जारी नेपोभिट अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा एपीएफ र पुलिस भिड्ने ।
सिमरा : सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लब बलियो प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबमाथि जित निकाल्दै बाराको सिमरामा जारी नेपोभिट अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो सेमिफाइनल खेलमा पुलिसलाई ५–२ ले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एपीएफले फाइनल खेल सोमबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । रौतहट जिल्ला फुटबल संघलाई ८–० ले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरिसकेको थियो ।
सिमरा भेट्रान क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधि विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार नगद प्राप्त गर्नेछ । प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता रहेको थियो

प्रतिक्रिया