काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधनहरु उपत्यकाबाट बाहिरिएका छन् । ‘जेनजी’को प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको सार्वजनिक यातायात शनिबार (भदौ २८) सञ्चालनमा आएको हो ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरलेका अनुसार शनिबार बिहानदेखि काठमाडौंको कफ्र्यु हटाइएकाले जनजीवन सामान्य बनेसँगै यात्रुवाहक सवारीसाधन सञ्चालन हुन थालेका उनको भनाइ छ । शनिवार बिहानदेखि ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन यात्रु लिएर यहाँबाट बाहिरिएको छ ।
दसैँ सुरु हुन लागेकाले नयाँ बसपार्कमा अरू समयको तुलनामा यात्रुको घुइँचो बढ्न थालेको बताए । यो वर्षको दसैँका निम्ति सार्वजनिक सवारीसाधनको अग्रिम ‘टिकट बुकिङ’ भने जेनजी प्रदर्शनका कारण हालसम्म खोलिएको छैन । रासस

प्रतिक्रिया