जेठ १३ काठमाडौं ।
शंखरापुर नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले नयाँ वस्तीमा निर्माण भइरहेको कल्र्भटको अवलोकन गर्नुभएको छ । आइतबार वडा सदस्य श्रीराम श्रेष्ठ, नगरपालिकाका प्राविधिक लगायतले अवलोकन गर्नुभएको हो ।

शंखरापुर नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१को नगरस्तरिय बिनियोजित बजेटबाट कल्भर्ट निर्माण भइरहेको हो । शंखरापुर वडा नं ६ स्थित द्वन्द पिडित अपांग सहयता केन्द्र पछाडीको नयाँ बस्तीमा बर्षातको समयमा बर्सेनी बाढीले बाटो बगाउने समस्याले उक्त बस्तीका वडाबासीहरूलाई बर्षायाममा आवत जावत गर्न कल्भट निर्माणबाट धेरै राहत मिल्ने अपेक्षा लिएको नगरप्रवक्ता श्रेष्ठले बताउनुभयो ।
उहाँले शंखरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापित लगायत दिन दिनै उक्त निर्माणमा रेखेदेख गर्नुहुने स्थानीयबासीहरूलाई धन्यवाद दिनुभएको छ ।






प्रतिक्रिया