शंखरापुर नगरपालिकाले जेठ १३ गते आइतबारदेखि ३ दिनसम्म एकीकृत घुम्ति सेवा सञ्चालन गर्दैछ । पहिलो दिन आइतबार वडा नम्बर २ पटापको शारदा माविमा, जेठ १४ गते सोमबार वडा नम्बर ८ स्थित मणिच्यूड आधारभूत विद्यालयमा र जेठ १६ गते वडा नम्बर ४ को भुवनेश्वरी आधारभूत विद्यालयमा घुम्ति सेवा मार्फत स्थलगत रुपमा सेवा दिन लागिएको हो ।
शंखरापुर नगरपालिकाले बैशाख ३० गते गरेको निर्णय अनुसार नगर कार्यपालिकाकाबाट प्रवाह हुने सेवा सहज रुपमा प्रवाह गर्न एकीकृत घुम्ती सेवा सञ्चालन गर्न लागिएको नगरप्रमुख रमेश नापितले जानकारी दिनुभयो । सो घुम्ति सेवामा स्वास्थ्य चेकजाँच देखि नगरपालिकाबाट प्रदान गर्दैै आइएका विभिन्न सेवाहरु उपलब्ध गराइने मेयर नापितको भनाई छ । नागरिकहरुलाई सेवा लिन सहज होस भनेर उनीहरुको आफ्नै घर टोलमा पुगेर विविध सेवा दिन लागिएको नगरप्रमुख नापितले जानकारी दिनुभयो ।
एकीकृत घुम्ती सेवामा स्वास्थ्य परीक्षण र औषधी वितरण, व्यक्तिगत स्थायी नम्बर, व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचय पत्र वितरण, अपाङ्गता परिचय पत्र वितरण, निःशूल्क स्वास्थ्य परीक्षण र औष्धी वितरण, स्वास्थ्य विमा, प्लान्ट क्लिनिक तथा निमको तेल वितरण, पशुपंक्षी सम्बन्धी परामर्श तथा औषधी वितरण, राष्ट्रिय परिचयपत्र नलिएका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीका लागि फर्म भर्ने लगायतका सेवा दिने तयारी रहेको छ । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म घुम्ति शिविर मार्फत यी सेवा दिने तयारी गरिएको छ ।




प्रतिक्रिया