जेठ ११, काठमाडौं
शंखरापुर नगरप्रमुख रमेश नापितले बज्रयोगिनीस्थित मोक्तान टोलमा भइरहेको सडक स्तरोन्नतीको अनुगमन गर्नुभएको छ । शनिवार मेयर नापितले स्थलगत रुपमा अनुगमन गर्दै सडकमा वाल तथा ड्रेन बनाउने कामको अवस्था र प्रगतिको बारेमा अनुगमन गर्दै जानकारी लिनुभएको हो ।
यस्तै हाल निर्माण भइरहेको साँखु भूल्वु सडकको पनि अनुगमन गर्नुभएको छ । सो सडक खण्डमा ग्याविन वाल लगाउने, सडक सुधार गर्ने कामको उहाँले निरिक्षण गर्दै गुणस्तरीय ढंगले काम गर्न निर्देशन दिनुभएको छ ।
हेर्नुहोस तस्वीरहरु :
मोक्तान टोलमा भइरहेको काम


साँखु भुल्वुसडक निरीक्षणका क्रममा शंखरापुर नगरप्रमुख रमेश नापित






प्रतिक्रिया