साँखु प्रहरी इन्चार्ज फूलमाया घिसिङको भव्य बिदाइ 

Gantabya News

२ जेष्ठ २०८१, बुधबार

 २ जेठ २०८१, बुधवार

महानगरीय प्रहरी प्रभाग साँखुका प्रमुख प्रहरी निरीक्षक फूलमाया घिसिङको भव्य बिदाइ गरिएको छ ।

झन्डै १५ महिना साँखु प्रभागको जिम्मेवारी बहन गर्नुभएकी घिसिङको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । जेठ २ गते प्रहरी प्रभाग साँखुमा फेरी भेटौँला तथा बिदाइ कार्यक्रम गरिएको छ । 
घिसिङलाई शंखरापुर नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले मायाको चिनो सहित प्रभागको कुशल नेतृत्व गरी शान्ति सुरक्षा कायम गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् । 
यस्तै विभिन्न राजनीतिक दल तथा सङ्घ संस्थाका प्रतिनिधिहरूले पनि धन्यवाद ज्ञापन गरेका छन् । साँखुको पिपुल्स लाइफ केयर अस्पतालका प्रमुख राजन लुइँटेलले उत्कृष्ट सेवाका लागि कदर पत्र सहित सम्मान गरेका छन् ।

यस्तै साँखु जेसिस, रोटरी क्लब अफ साँखु, वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका कार्यकर्ताहरूले सम्मान सहित बिदाइ गरेका छन् । 

प्रहरी इन्सपेक्टर घिसिङ आफ्नो कार्यकालमा साँखु क्षेत्रको शान्ति, सुरक्षा कायम गर्न सफल रहेको स्थानीयले बताएका छन् । एक महिनासम्म चल्ने शालीनदी मेला तथा ९ दिनसम्म चल्ने बज्रयोगिनी जात्रामा शान्ति सुरक्षा कायम गर्न सफल भएकोमा स्थानीयले प्रशंसा गर्दै आगामी दिनको सफल कार्यकालको कामना गरेका छन् ।  

हेर्नुहोस् तस्बिरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *