बागमती प्रदेश उपसभामुख चापागाँईद्धारा डेरी व्यवसायी बद्रीप्रसाद ढकाललाई दीर्घ सेवा सम्मान 

Gantabya News

२० पुष २०८०, शुक्रबार

२० पुस २०८०
काठमाडौं

दुग्ध व्यवसायी एवं नेपाल डेरी एसोसिएसनका पूर्व केन्द्रीय सदस्य बद्रीप्रसाद ढकाललाई दीर्घ सेवा सम्मान पत्रद्वारा सम्मानित गरिएको छ । पौष २० गते नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५ औँ वार्षिक साधारण सभाको अवसरमा बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईँले ढकाललाई दीर्घ सेवा सम्मान पत्र प्रदान गरेकी हुन । 

झन्डै १५ वर्षदेखि समग्र दुग्ध क्षेत्रको विकास र प्रवर्द्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पु¥याएको योगदानको उच्च कदर गर्दै सो सम्मान प्रदान गरिएको हो । सो अवसरमा उपसभामुख चापागाईँले आगामी दिनमा पनि यस्तै प्रकारको रचनात्मक कार्यको अपेक्षा गर्दै उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन् । 

काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर १ निवासी ढकाल सफल किसान एवं दुग्ध व्यवसायीको रूपमा परिचित रहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *