भाद्र २३, सिन्धुपाल्चोक।
सुर्यमुखी साना किसान कृषि सहकारी संस्थाले हरितालिका तीजको अवसरमा प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । असोज १ गते प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम गर्न लागिएको र विजेतालाई पुरस्कारको समेत व्यवस्था गरिएको संस्थाकी सहायक प्रवन्धक बिना पोखरेलले जानकारी दिइन ।
सांस्कृतिक कार्यक्रममा ‘उत्पादन, रोजगारी, प्रबर्द्धन र आर्थिक बिकासमा सुर्यमुखी साना किसान सहकारीको भुमिका’ विषयमा गित तथा नृत्य प्रस्तुत गर्नुपर्ने र उत्कृष्टलाई पुरस्कार दिइने उनले बताइन ।
त्यसका लागि सुर्यमुखी सहकारीको कार्यक्षेत्रभित्र रहेका माध्यामिक बिद्यालयहरु तथा संस्था मार्फत संचालित समुहबाट प्रतियोगीहरु सहभागी हुनेछन् । त्यसका लागि बिद्यालय तथा समुहहरुलाई पत्रमार्फत खबर गरिएको छ ।
सो प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुन यहि भदौ २५ गतेभित्र नाम दर्ता गर्नुपर्ने र ७ जनासम्मको एउटा समूह बनाई प्रतियोगितामा सहभागी हुन सकिने संस्थाको सहायक प्रबन्धक तथा कार्यक्रम उपसमिति संयोजक पोखरेलले जानकारी दिएकी छिन् । संस्थाको प्राङ्गढमा सो कार्यक्रम हुन लागेको हो ।

प्रतिक्रिया