काठमाडौंको शंखरापुर नगरपालिका वडा नंबर ६ का नवनिर्वाचित अध्यक्ष राधाकृष्ण श्रेष्ठले पदबहाली गरेका छन् । नगरप्रमुख रमेश नापितबाट सपथग्रहण पछि आफ्नो सामाजिक तथा राजनैतिक जीवनको प्रेरणाका स्रोत स्व. जोग मेहेर श्रेष्ठको शालिकमा माल्यार्पण गरी उनले पद बहाली गरेका हुन् ।

पदबहाली गर्दै अध्यक्ष श्रेष्ठले दुई महत्वपूर्ण निर्णय गरेका छन् । उनले आफुले वडा अध्यक्ष पदबाट प्राप्त हुने सम्पुर्ण पारिश्रमिक भत्ता सामाजिक क्षेत्रमा बिकासमा खर्च गर्ने निर्णय गरेका छन् ।

उनले साँखुको ऐतिहासिक बज्रयोगिनी जात्रा आर्थिक रूपमा सहज ढंङ्गबाट संचालनका लागि कोषका खडा गर्ने निर्णय गरेका छन् । जसका लागि आफूले पाउने भत्ताहरूबाट १ लाख ११ हजार र चार जना वडा सदस्यहरू बाट ११ हजार १ सय ११ रुपैयाका दरले ४४ हजार ४ सय ४४ रुपैयाँ कोषमा राख्ने निर्णय गरेका छन् । सो कोषको रकम बृद्धिका लागि नगरपालिकामा पहल गर्ने र स्वेच्छिक रुपमा दिन चाहने स्थानीयबाट पनि संकलन गरि कोषको ब्याजबाट मात्र जात्रा संचालनमा खर्च गर्ने निर्णय गरिएको हो ।

यस्तै उनले वडाको गौरवको आयोजनाको रूपमा तलेजु मन्दिर परिसर र सलम्वु देवि मन्दिर परिसर सलम्बु बनमा सुन्दर र ब्यवस्थित पार्क निर्माण गर्ने निर्णय गरेका छन् । साथै आगामी ५ बर्ष भित्रमा वडा भरि एक घर एक धाराको अभियान सम्पन्न गर्ने पनि योजना प्रस्तुत गरेका छन् ।
वडाध्यक्ष श्रेष्ठले अघिल्लो कार्यकालमा पनि शंखरापुर वडा नंबर ६ मा निकै उपलब्धीमुलक काम गरेका थिए । ऐतिहासिक कलश पोखरी निर्माण, कलात्मक सार्वजनिक धारा निर्माण, खानेपानीको व्यवस्थापन, साँस्कृतिक सम्पदाहरुको संरक्षण लगायतका काममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । अघिल्लो बर्षपनि उनले आफूले पाउने तलब भत्ताको रकम सामाजिक तथा विकास निर्माणको काममा खर्च गरेका थिए ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया