ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ बढ्यो, अब १८०० रुपैयाँ पर्ने

Gantabya News

८ जेष्ठ २०७९, आईतवार

नेपाल आयल निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको हो।  नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । यस्तै पेट्रोल डिजेल र मट्टितेलको मूल्य फेरि प्रतिलिटर १० रुपैयाँ बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *