काठमाडौंको शंखरापुर नगरपालिकामा नवनिर्वाचित प्रमुख रमेश नापितले पदबहाली गरेका छन् । शुक्रबार काठमाडौंमा मुख्य निर्वाचन अधिकृतबाट सपथ ग्रहण लिई उनले पदबहाली गरेका हुन् ।
पदबहाली गर्नुअघि मेयर नापितले सिंहदरबार अगाडि रहेको राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । उनले शहिद गेटमा पुगेर शहिदहरुमो शालिकमा पनि माल्यार्पण गरेका छन् ।
साथै सो अवसरमा राप्रपाका नेता मिजेन्द्रकाजी श्रेष्ठ, वडा नंबर ६ का वडाध्यक्ष राधाकृुष्ण श्रेष्ठ, वडा नंबर ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, वडा नंबर ३ का वडाध्यक्ष सुर्य तामाङपनि सहभागी भएका छन् ।
पदबहालीका क्रममा मेयर नापितले केन्द्रीय सरकारबाट शिक्षण संस्थामा दिइएको दुईदिने बिदा दिने निर्णयमाथि पुर्नविचार गरिने बताएका छन् ।





प्रतिक्रिया