शंखरापुर वडा नं. ६ मा राप्रपाका राधाकृष्ण श्रेष्ठ विजयी : पाए नगरका सबै वडाभन्दा लोकप्रीय मत

Gantabya News

३ जेष्ठ २०७९, मंगलवार

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई काठमाडौंको शंखरापुर नगरापालिका प्रमुख जिताउन निर्णायक मत दिलाउने वडा नंबर ६ मा राधाकृष्ण श्रेष्ठको प्यानलै विजयी भएको छ । मतगणनाको अन्तिम वडामा श्रेष्ठले भारी मतका साथ वडाध्यक्ष जितेका हुन् ।
श्रेष्ठले सर्वाधिक १ हजार ९१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी मिरा महर्जनले २ सय ३८ मत पाएकी छिन् । यस्तै एकीकृत समाजवादीका शंकरमान श्रेष्ठले २ सय ४६ मत पाएका छन् भने एमालेका मानकाजी महर्जनले २ सय ९२ मत पाएका छन् । माओवादी केन्द्रका विनोद कपालीले ५३ मत पाएका छन् ।
वडाध्यक्षमा निर्वाचित श्रेष्ठ यसअघि पनि सोही वडामा अध्यक्ष रहेका थिए । वितेको ५ बर्षमा उनले साँखु क्षेत्रका ऐतिहासिक सम्पदा संरक्षण तथा खानेपानी व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेलेका थिए । साँखु क्षेत्रको ऐतिहासिक कलश पोखरी पुनर्निर्माण देखि सडक भौतिक पूर्वाधार विकासका कारण उनी शंखरापुरमा लोकप्रीय रहेका थिए ।
यो वडामा मात्रै राप्रपाका मेयरका उम्मेदवार रमेश नापितले ९ सय ६९ मत पाएका छन् । साँखुको मुख्य बजार रहेको वडा नंबर ६ र ७ मा यी दुई वडामा पाएको भारी मत नापितलाई जित दिलाउन सहयोगी भएको थियो । श्रेष्ठले आगामी ५ बर्षमा वडा नंबर ६ लाई नमुना वडाका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *