काठमाडौंको शंखरापुर नगरपालिकामा मतगणना अन्तिम चरणमा पुग्दा राप्रपा जितको नजिक पुगेको छ । वडा नंबर १, २, ३, ४, ७, ८ र ९ को गणना भइसकेको छ भने हाल वडा नंबर ५ र ६ मा गणना भइरहँदा राप्रपाले फराकिलो अग्रता बनाउँदै लगेको छ ।
हालसम्म राप्रपाका मेयरका उम्मेदवार रमेश नापितले ३३ सय ८३ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी काँग्रेस र नेकपा एस गठबन्धनका लक्ष्मीप्रसाद श्रेष्ठले ३२ सय ९१ मत पाएका छन् । तेश्रो स्थानमा रहेका एमालेका कृष्णलाल बजगाँईले २९ सय ३६ मत पाएका छन् । चौथो स्थानमा रहेका माओवादी केन्द्रका मधु केसीले २ हजार १४ मत पाएका छन् ।
उपमेयरमा भने काँग्रेस र नेकपा एस गठबन्धनकी उम्मेदवारले सर्वाधिक ६ हजार ६२ मत पाएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका उम्मेदवारले २३ सय १६ मत पाएकी छिन् ।
काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपा जितको नजिक

प्रतिक्रिया