काठमाडौंको शंखरापुर ७ मा राप्रपाको प्यानलै विजयी

Gantabya News

३ जेष्ठ २०७९, मंगलवार

काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ७ मा राप्रपाको प्यानल नै विजयी भएको छ । राप्रपाका उम्मेदवार विष्णु प्रसाद श्रेष्ठ ६ सय ५७ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटम प्रतिस्पर्धी काँग्रेसका सुरेन्द्र नाथ श्रेष्ठले ४ सय ५७ मत पाएका छन् । तेश्रो स्थानमा एमालेका दिपेन्द्रलाल सिंहले ३ सय २६ मत पाएका छन् । चौथो स्थानमा एकीकृत समाजवादीका बालकृष्ण सिंह डंगोलले १ सय २७ मत पाएका छन् ।
वडाध्यक्षमा निर्वाचित श्रेष्ठ यसअघि पनि सोही वडाका अध्यक्ष थिए । २०७४ सालमा निर्वाचित उनले नगरपालिकाबाट वितरण गरिएको सुविधाको मोटरसाइकल लिएका थिएनन् भने साँखुको खानेपानी व्यवस्थापन लगायतका काममा महत्वपूर्ण भूमिका खेलेका थिए ।
शंखरापुरमा यसअघि राप्रपाले वडा नं. ३ मा पनि विजय हात पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *