काठमाडौंको शंखरापुर नगरपालिकामा भइरहेको मतगणनामा नेकपा एकीकृत समाजवादीले अग्रता कायम गरेको छ । हालसम्म वडा नम्बर १, २, ८ र ९ को मतगणना सम्पन्न हुँदा समाजवादीका प्रमुखका उम्मेदवार एलपी श्रेष्ठले १५ सय ५३ मत पाएर अग्रता हासिल गरेका छन् । एमालेका कृष्णलाल बजगाईंले १४ सय २५ मत पाएका छन् भने राप्रपाका रमेश नापितले ११ सय ३४ मत पाएका छन् । यस्तै माओवादी केन्द्रका मधु केसीले १ हजार ५० मत पाएका छन् ।
उपमेयर तर्फ भने काँग्रेसले अग्रता लिएको छ । काँग्रेसले २२ सय ५४ मत पाएर अग्रता लिँदा माओवादी केन्द्रले ११ सय ६०, एमालेले १ हजार ४४ र राप्रपाले ७ सय ५१ मत पाएको छ । शंखरापुरको वडा नम्बर १ मा माओवादी केन्द्रले जितेको छ भने वडा नम्बर २, ८ र ९ नेपाली काँग्रेसले जितेको छ ।

प्रतिक्रिया