काठमाडौंको शंखरापुरमा रापप्रा र एकीकृत समाजवादीको बराबरी मत

Gantabya News

२ जेष्ठ २०७९, सोमबार

काठमाडौंको शंखरापुर नगरपालिकामा मतगणना कार्य अन्तिम चरणमा पुग्दा तीब्र प्रतिस्पर्धा देखिएको छ । वडा नंबर १, २, ३, ८, ९ को मतगणना सम्पन्न भएर वडा नंबर ७ र ४ को मतगणना जारी रहँदा प्रमुख पदमा राप्रपा र नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवारको मत परिणाम बराबरी भएको छ ।
राप्रपा र नेकपा एसका प्रमुखका उम्मेदवारले २७ सय २८ बराबरी मत पाएका छन् । तेश्रो स्थानमा रहेको एमालेले २५ सय ८३ मत पाएको छ भने चौथो स्थानमा रहेको माओवादी केन्द्रले १९ सय १६ मत पाएको छ ।
राप्रपाको प्रभाव क्षेत्र रहेको वडा नंबर ६ को मतगणना हुन बाँकी रहेको छ भने एमालेको प्रभाव क्षेत्र रहेको वडा नंबर ५ को मतगणना हुँन पनि बाँकी रहेको छ । शंखरापुरमा यसअघि वडा नंबर १ को वडाध्यक्षमा माओवादी केन्द्र र वडा सदस्यमा नेकपा एसमा उम्मेदवारहरु विजयी भएका छन् । वडा नंबर ३ मा राप्रपा विजयी भएको छ । यस्तै वडा नंबर २, ८ र ९ मा नेपाली काँग्रेसका वडाध्यक्षहरु विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *