काठमाडौँ शँखरापुर वडा नं ३ को वडाअध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पाटी बिजयी भएको छ । राप्रपाका उम्मेदवार सुर्य तामाङ वडाअध्यक्षमा बिजयी भएका हुन् । उनले ७ सय १४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रले ६ सय ६ मत पाएका थिए । यो वडामा राप्रपा प्यानल नै निर्वाचित हुन सफल भएको छ ।
त्यस्तै यो वडामा राप्रपाको विजयसँगै नगरपालिका प्रमुखमा पनि राप्रपा निर्वाचित हुने सँभावना बढेको छ । नगर प्रमुखमा हालसम्म राप्रपाका उम्मेदवार रमेश नापित २५ सय ५३ मतका साथ अग्रस्थानमा छन भने उनलाई नेकपा एकिकृत समाजवादीका लक्ष्मी प्रसाद श्रेष्ठले २५ सय ५ मतले पछ्याइरहेका छन् ।
बैसाख ३० गते भएको स्थानीय तहको निर्वाचन को मत गणना भै रहेको छ। यही क्रममा राप्रपाले विभिन्न ठाउँमा उत्साहका साथ विजयी भै रहेको छ। राप्रपाले देशभरमा अहिलेसम्म ३१ वडामा जित हात पारिसकेको छ।

प्रतिक्रिया