भरतपुरमा विजय सुवेदी अगाडी

Gantabya News

२ जेष्ठ २०७९, सोमबार

भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी रेनु दाहालसँग ४१ मतको अग्रता बनाएका छन् । १४ हजार २३० मतगणना गर्दा सुवेदीले ४ हजार ८४४ मत पाएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले ४ हजार ८०३ मत पाएकी छन् ।

महानगर प्रमुखमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार २०३ मत पाएका छन् । उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार ७३५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ३ हजार ८६२ मत पाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *