काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले गणना भएका सबै वडामा फराकिलो अन्तरले अग्रता लिएका छन्। अहिलेसम्म भएको मतगणना अनुसार बालेनले ६ हजार २०७ मत प्राप्त गरेका छन्।
यता नेकपा एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म ३ हजार २४३ मत प्राप्त गरेका छन्।
बालेन र स्थापित बिचको अन्तर २ हजार ९६४ रहेको छ।
वडा नं १ मा बालेनले ७ सय ८३ मत प्राप्त गर्दा स्थापितले ३५६ मत प्राप्त गरेका छन्। वडा नं २ मा बालेनको ११८६ हुँदा स्थापितको ७०९ छ। वडा नं ३ मा बालेनको ९९४ हुँदा स्थापितको ५२१ छ। वडा नं ४ मा बालेनको १२३६ हुँदा स्थापितको ५६५ मत रहेको छ।

प्रतिक्रिया