बालेन शाहको जित/हारमा खसि बाजी राख्ने पक्राउ

Gantabya News

२ जेष्ठ २०७९, सोमबार

वालेन्द्र साहको जितरहारमा खसी बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्का सोमबार पक्राउ परेका हुन् ।

यस्तो बाजी गैरकानुनी भएकाले पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए ।

साहले चुनाव जिते फुयाललाई खड्काले २८ किलोको खसी दिनुपर्ने र चुनावमा साह पराजित भए फुयालले २८ किलोकै खसी खड्कालाई तिर्नुपर्ने भन्नेबारेमा दुवै पक्षले गरेको तमसुक बाहिरिएको थियो । यदि खसी दिन नसकेमा त्यति किलोको खसीको मूल्य दिनुपर्ने उनीहरूद्वारा गरिएको तमसुकमा उल्लेख गरिएको छ ।

दिक्तेलस्थित राजन दुलालको घरमा बसेर स्थानीय दिनेश आचार्य, सुमन बास्तोला र सरोज खतिवडाको रोहबरमा उनीहरूले बाजी राखेका थिए । ‘बाजीमा रोहबरमा राखिहाले‚’ दिनेश आचार्यले भने‚ ‘तर‚ बाजीको लेनदेन कहिले भन्ने चाहिँ टुङ्गो भएको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *