स्थापितभन्दा बालेन झण्डै दोब्बर मतले अगाडी

Gantabya News

१ जेष्ठ २०७९, आईतवार

काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । ७ हजार ६ सय १८ मतगणनामा शाहले ३ हजार १ सय १० मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६ सय ४५ मत प्राप्त गरेका छन् । स्थापित शाहभन्दा झन्डै दोब्बरले मतले पछाडि परेका छन् ।

यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ सय २ मत प्राप्त गरेकी छन् । राप्रपाका मदनदास श्रेष्ठले २ सय ८२ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले २ सय ८१ मत प्राप्त गरेका छन्।

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता बनाइ रहेकी छन् । उनले २ हजार ९ सय ५५ मत प्राप्त गरेकी छन् । गठबन्धनतर्फ एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ सय ५० मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *