मतपत्र सदर कि बदर भन्ने विवादले भरतपुरमा मतगणना रोकियो

Gantabya News

१ जेष्ठ २०७९, आईतवार

भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो।

‘मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले सुरुमा मत सदर भन्नुभयो। एकैछिनमा बदर भन्नुभयो। यो षडन्यन्त्र हो,’ एमाले प्रतिनिधिहरुले आरोप लगाए।

पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल प्रतिद्वन्द्वीभन्दा ८० मतले अगाडि छिन्।

४ हजार ८७७ मत गणना हुँदा दाहालले १७ सय २७ मत प्राप्त गरेकी छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १६ सय ४७ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *