कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गरेको ओलीकाे आरोप

Gantabya News

२५ बैशाख २०७९, आईतवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गरेको आरोप लगाएका छन्। आइतबार बिहान मनमोहन स्मृति हल च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सुशान र विकासको मार्गमा तीव्रगतिमा अघि बढिरहेको मुलुकलाई कांग्रेसले व्यवधान खडा गरेर यथास्थितिमा राख्न खोजेको आरोप लगाए।

‘नेपाली कांग्रेसको षडयन्त्रले चरमउत्कर्षको रुप लियो। कांग्रेसले सुशान र विकासको मार्गमा तीव्रगतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न पछाडि पर्खाउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्वहरुलाई खोज्ने र त्यस्ताको साथसहयोग लिएर राजनीतिक र देशहितमा उल्टो गर्ने काम गर्‍यो,’ उनले भने।

उनले कांग्रेसले संसदीय शासन प्रणालीको आदर्शको उपहास गरेको बताए । उनले भने, ‘कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चियो। संसदीले सरकार निर्माण गर्ने संसदीय शासन प्रणालीको आदर्शको उपहास गर्‍यो। संसदलाई राजनीतिको निर्णयको थलो बनायो। स्वतन्त्र न्यायपालिकामाथि आगाध पुर्‍यायो।’

राष्ट्रिय एकतालाई कमजोर पार्ने, कुनै नाममा अखण्डता अपमान गर्ने र देशभक्तिलाई होच्याउने कुरा नेकपा एमालेले कुनै पनि हालतमा स्वीकार नगर्ने भन्दै एमाले मात्र मजबुत पार्टी भएको दावी गरे। उनले विकास र सुशानलाई तीव्र गतिमा अगाडि बढाउने भिजन,नीति र कार्यक्रम एमालेसँगै मात्रै रहेको भन्दै एमालेको सरकार गठन नभइ देश विकासको युगमा प्रवेश गर्नै नसक्नै एेतिहासिक तथ्यहरुले समेत स्पष्ट गरेको बताए।

उनले आगामी स्थानीय तह निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन सबैमा अनुरोध गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *