ईडीभी २०२३ को नतिजा सार्वजनिक, यसरी हेनुहोस्

Gantabya News

२५ बैशाख २०७९, आईतवार

संयुक्त राज्य अमेरिकाले सन् २०२३ का लागि जारी गरेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) को नतिजा शनिबार सार्वजनिक गरिएको छ ।

नेपाली समयअनुसार शनिबार राति नजिता प्रकाशन गरिएको हो । ईडीभीको नतिजा https://dvprogram.state.gov मा ‘कन्फरमेसन नम्बर’ प्रयोग गरी हेर्न सकिनेछ ।

ईडीभीको आवेदन २०२१ अक्टोबर ६ मा खुलेर ९ नोभेम्बरमा बन्द भएको थियो । आवेदकले ३० सेप्टेम्बर २०२३ सम्म आफ्नो ‘कन्फरमेसन नम्बर’ सुरक्षित राख्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *