नेकपा एमालेका नेता भीम रावलले कांग्रेसले चुनावी घोषणापत्रमा आफ्नाबारे उल्लेख गरेको प्रसंगमा प्रश्न गरेका छन्।
नेता रावलले कांग्रेसले आफ्नो घोषणापत्रमा संविधानविपरीत गरिएको प्रतिनिधि सभा विघटनविरुद्ध आफू (रावल) ले हस्ताक्षर गरेको कुरा लेखेको तर एमसीसीका विषयमा किन प्रस्ट नपारेको भनेर असन्तुष्टि जनाएका हुन्।
‘संविधान विपरीतको प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा मैले हस्ताक्षर गरेको नेकाले घोषणापत्रमा लेखेछ’, रावलले मंगलबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राष्ट्रघाती प्रावधान भएका एमसीसीसँगका दर्जन सम्झौता संसदलाई थाहा नदिई मूल सम्झौता होहल्लाबीच अनुमोदन गर्ने कुरा मुद्दा हाल्दा र गठबन्धको कार्यक्रममा थिएन भन्ने तथ्य किन नलेखेकोरु’

प्रतिक्रिया