गठबन्धनमा भएको भागवण्डाप्रति माधव नेपाल असन्तुष्ट

Gantabya News

१० बैशाख २०७९, शनिबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धनमा भएको भागवण्डाप्रति असन्तुष्ट बनेका छन् । शनिवारमा काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले महानगर र उपमहानगरपालिकाको भागबण्डाले गठबन्धनमा राम्रो सन्देश दिए पनि जिल्ला तहको रिपोर्ट आशावादी नरहेको उल्लेख गरे ।
पार्टी कार्यालयमा नेकपा स्थापना दिवसको अवसरमा बोल्दै उनले गठबन्धनमा रहेका अन्य दलले आफूहरुको अपमान गर्न खोजेको आरोप लगाए ।
उनले जिल्ला तहहरुमा भएको गठबन्धनको रिपोर्ट सुन्दा आशावादी र उत्साही हुने अवस्था नभएको बताए । उनले भने–‘देशैभर हाम्रो पार्टीको जुन संजाल छ, न्युनतम कम्तिमा पनि एउटा पालिका हामीले पाउनुपर्छ भनेका थियौँ । एमालेले जितेका ठाउँमा हाम्रो पहिलो हक रहन्छ तर यहाँ गडबड गर्ने काम भइरहेको छ । गठबन्धनमा हामीलाई अपमान गर्ने काम भइरहेको छ ।’
उनले कांग्रेसमा एकथरी शक्ति गठबन्धन नहोस भनेर लागिपरेको बताउँदै दुई दिन उम्मेदवारी मनोनयनको व्यवस्थाप्रति पनि शंका जनाए ।
११ गते मनोनयन हेरेर १२ गते विद्रोही खडा गर्ने भनेर तिकडम गर्न खोजेको हुनसक्ने भन्दै केपी ओलीका तिकडमलाई आफूले पछान अध्यक्ष नेपालको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *