शंखरापुर वडा नंबर ६ ले गरेको दलित उत्थान अन्तर्गत जुत्ता सिलाई प्रशिक्षण सम्पन्न

Gantabya News

२६ चैत्र २०७८, शनिबार

काठमाडौंको शंखरापुर नगरपालिकामा जुत्ता सिलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
दलित उत्थान कार्यक्रम अन्तर्गत शंखरापुर वडा नम्बर ६ को योजनामा लक्षित बर्गलाई १ महिने छाला जुत्ता सिलाई प्रशिक्षण दिईएको हो ।
वडा नंबर ६ को सहयोगमा छाला जुत्ता सिलाई प्रशिक्षण उपभोक्ता समिति मार्फत शंखरापुर वडा नंबर ६ सलम्बुटारमा तालिम सञ्चालन गरिएको थियो ।
यही चैत २४ गते सकिएको सो तालिमबाट १० जना प्रशिक्षार्थीहरु लाभान्वित भएका छन् । तालिममा उनीहरुलाइई १४ थरिका जुत्ताहरू बनाउने तालिम दिएको छ ।
चैत २४ गते भएको तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि शंखरापुर वडा नं ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र सहित शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै उनले प्रशिक्षित ब्यक्तिहरुले आफूले जानेका कुरा अरुलाई पनि सिकाउँदा समाजमा बेरोजगारी दर घट्ने विश्वास ब्यक्त गरे । साथै तालिमबाट जानेका कुरालाई ब्यवहारमा प्रयोग गरी स्वरोजगार हुन र अन्य ब्यक्तिलाई पनि आफ्नो सीप हस्तान्तर गर्दै जान आग्रह गरे ।
दलित बर्गलाई माथि उकास्नका लागि उनीहरुकै सीपलाई अझ परिष्कृत गरेर लैजानका लागि सो कार्यक्रमको आयोजना गरेको जानकारी दिए । परम्परागतदेखि सिकेको सीपलाई परिष्कार गर्न र स्वरोजगार बनाउन तालिम दिईएको बताउदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने वडाध्यक्ष राधाकुष्ण श्रेष्ठको भनाई छ ।
सो तालिमको मुख्य प्रशिक्षकमा भाइराजा मिजार रहेका थिए । नगर सदस्य आनन्द रम्तेल, वडा नं. ६ कि दलित महिला सदस्य कमला बोगटी लगाएत समापन कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रमका सभापति उपभोक्ता समितिका अध्यक्ष सुमन बोगटी रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *