स्मार्ट लाइसेन्सको विकल्प क्युआर कोड भएको लाइसेन्स दिने

Gantabya News

२३ मंसिर २०७८, बिहीबार

काठमाडौं। सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्स सहज बनाउनै नसकेपछि विकल्प खोजिने भएको छ।करिव पाँच वर्ष पहिले कागजी लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स वितरण सुरु गरेदेखि नै विभिन्न कारणले स्मार्ट लाइसेन्स सहज हुन सकेको छैन।

समयमा कार्ड खरिद गरेर छपाइ गर्न नसक्दा अहिले करिव चार लाख चालक स्मार्ट लाइसेन्सको पर्खाइमा छन्। उनीहरु चिटको भरमा हिड्नु परेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले स्मार्ट लाइसेन्सको विकल्पका रुपमा अहिले वितरण भैरहेको परीक्षणकालीन लाइसेन्सलाई नै मान्यता दिने विषयमा छलफल भैरहेको बताए।

ुअहिले १४ लाख कार्ड आइपुगेको छ। त्यसले केही समयलाई पुग्छ। त्यसपछि नयाँ कार्ड खरिद गर्दैनौं,ु श्रेष्ठले भने,ु म यहि मन्त्रालयमा रहिरहे भने स्मार्ट लाइसेन्स हटाएर क्युआर कोड भएको लाइसेन्स जारी गर्छु।ु

यातायात व्यवस्था अहिले ट्रायल पास गरेपछि एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ। क्युआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाएको एक वर्ष अवधिभर पाँचपटकभन्दा बढी ट्राफिक कारबाहीमा परेमा खारेज हुनेछ। र, पुनस् ट्रायल दिनुपर्छ। पाँचपटकसम्म मात्रै कारबाहीमा पर्ने चालकले स्मार्ट लाइसेन्स पाउनेछ।

परीक्षणका रुपमा दिन थालिएको परीक्षणकालीन लाइसेन्स अधिकांश यातायात कार्यालयहरुले वितरण गर्न सुरु गरिसकेका छन्। सोही लाइसेन्सलाई अहिलेको स्मार्ट लाइसेन्स जसरी नै पाँच वर्षका लागि मान्यता दिन लागिएको हो।

२०१७ बाट चिप प्रविधिमा आधारित लाइसेन्स वितरण सुरु गरिएको थियो। पूर्व तयारी नै नगरी कागजी लाइसेन्स हटाएर देशभर स्मार्ट लाइसेन्स अनिवार्य गरियो। सोही कारण लाइसेन्स सहज हुन सकेन।

अहिले चिप प्रविधिमा आधारित स्मार्ट लाइसेन्स अनिवार्य भएपनि उक्त चिप रिड गर्ने मेसिन नै छैन। ट्राफिक प्रहरीसँग रिड गर्ने मेसिन नभएका कारण सक्कली र नक्कली छुट्याउनै गाह्रो परेको छ। करिब २५ प्रतिशत लाइसेन्स नक्कली रहेको विभागका अधिकारीहरुको अनुमान छ। सोही कारण क्युआर वा बार कोडसहितको लाइसेन्स दिने योजना बनाइएको सचिव श्रेष्ठको भनाइ छ।

श्रेष्ठका अनुसार अहिले वितरण भैरहेको चिप प्रविधि उपयोग नै गर्न सकिएको छैन। ु८ रुपैयाँमा क्युआर कोडसहितको कार्ड नै प्रिन्ट हुने रहेछ। चिप प्रविधिको कार्डलाइ नै ९० रुपैयाँभन्दा बढी पर्छ,ु उनले भने,ु उपयोग नहुने त्यति महँगो कार्ड किन चाहियोरुु

उनले क्युआर वा बार कोड सहितको कार्ड दिने र उक्त कार्ड ट्राफिक प्रहरीले मोवाइल वा कार्ड रिडरबाट सहजै रिड गर्न सक्ने गरी सिस्टम विकास गरिने बताए।

विभागका अधिकारीहरुका अनुसार स्मार्ट लाइसेन्सका लागि महँगो सफ्टवेयर, कार्ड र छपाइ गर्ने मेसिन चाहिन्छ। जुन नेपालमा उपलब्ध छैन।

तर क्युआर वा बार कोड सहितको कार्ड नेपालमा सहजै छाप्न सकिन्छ। सोही कारण यस्तो कार्ड वितरण गर्ने योजना बनाइएको हो। अहिले अत्यावश्यक बाहेक स्मार्ट लाइसेन्स छपाइको काम रोकिएको छ। स्मार्ट लाइसेन्स छपाइका लागि आवश्यक पर्ने कार्डको स्टक नै सकिएपछि छपाइ रोकिएको हो।

अहिले विभागले १४ लाख कार्ड ल्याएको छ। अर्डर अनुसारको गुणस्तर कायम भएरनभएको हेर्न टेष्ट गर्न लागिएको छ। १० दिनमा टेष्ट सकेर छपाइ सुरु हुने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए।

उनका अनुसार दुई सिफ्टमा गरेर दैनिक १० हजार लाइसेन्स छाप्ने योजना छ। १४ लाख कार्डले ४ लाख ब्याक लक सकेर असारसम्मको माग धान्ने अनुमान गरिएको छ। त्यसपछि क्युआर वा बार कोड सहितको लाइसेन्स दिने योजना छ।
-दिनेश खड्का बिजमाण्डू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *