शंखरापुर नगरप्रमुखमा राप्रपाको अग्रता कायमै ( अपडेट )

Gantabya News

३१ बैशाख २०७९, शनिबार

काठमाडौंको शंखरापुर नगरपालिका वडा नंबर १ र ९ को मतगणना भइरहँदा नेकपा एमालेलाई राप्रपाले उछिनेको छ । दुई वडामा १८ सय २० मत गणना हुँदा राप्रपाबाट नगरप्रमुखका उम्मेदवार रमेश नापितले ३४ मतले अग्रता लिएका छन् । उनले ४ सय ८५ मत पाउँदा एमालेका कृष्णलाल बजगाईँले ४ सय ८५ मत पाएका छन् ।

तेस्रोमा एकीकृत समाजवादीका एलपी श्रेष्ठले ४ सय ७ मत पाएका छन् । चौथोमा माओवादी केन्द्रका मधु केसीले २ सय ५ मत पाएका छन् । यस्तै उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादी र काँग्रेस गठबन्धनका उपमेयरले अग्रता हासिल गरेको छ । काँग्रेस उपमेयरले ५ सय सय ७६ मत, एमाले उपमेयरले ३ सय ६३ मत, राप्रपा उपमेयरले ३ सय ४५ मत र माओवादी केन्द्रका उपमेयरले २ सय मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *