सर्वदलिय बैठकमा खुकुरी बोकेर गएका काँग्रेस कार्यकर्ता पक्राउ

Gantabya News

२८ बैशाख २०७९, बुधबार

स्थानीय तह निर्वाचनको सन्दर्भमा बोलाइएको सर्वदलीय बैठकबाट नेपाली कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन्।

गोरखाको गण्डकी गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय बैठकबाट कांग्रेसका प्रतिनिधि मनोज गुरुङ खुकुरीसहित पक्राउ परेका हुन्।

घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) ज्ञानेन्द्रकुमार श्रेष्ठले गुरुङलाई पक्राउ गरिएको जानकारी दिए।

निर्वाचनका बेला कुनै पनि प्रकारका हतियार प्रदर्शन तथा बोक्न नपाइने व्यवस्थाको उल्ल‌ंघन गरेको आरोपमा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

‘निर्वाचन अधिकृतको कार्यालयकमा बोलाइएको सर्वदलीय बैठकमा कांग्रेसको तर्फबाट प्रतिनिधि भएर गएका मनोज गुरुङको झोलाबाट खुकुरी फेला परेको छ। उनलाई हाम्रो टोलीले नियन्त्रणमा लिएर राखेको छ’, प्रहरी निरीक्षक श्रेष्ठले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *