‘मतदानको दिनदेखि आँखा झिमिक्क पनि गर्नु हुँदैन, हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन्’- अध्यक्ष ओली

Gantabya News

२७ बैशाख २०७९, मंगलवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले चुनाव नजित्ने अवस्था आए मतपत्र च्यात्न सक्ने आरोप लगाउनुभएको छ ।

नेकपा एमाले पोखरा नगर कमिटीले आज सोमवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धनले भोटले जित्ने होइन । अघिल्लो पल्ट भरतपुरमा हामीले देखेका छौँ । हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन्’, उहाँले भन्नुभयो, ‘त्यसैले हामी मतदान दिनदेखि मतगणना नसकिँदासम्म नसुती बस्नु पर्दछ, आँखा झिमिक्क पनि गर्नु हुँदैन ।’ गठबन्धन भोटले नभइ धाँधली र मतपत्र च्यातेर नतिजा आफ्नो पक्षमा पार्ने उहाँको आरोप छ ।

कार्यक्रममा अध्यक्ष ओलीले सत्तारूढ गठबन्धन झाडीमा जन्मिएको टिप्पणीसमेत गर्नुभयो । उहाँले गठबन्धनका नेताहरू आफ्नालाई भोट नदिए देश दुर्घटनामा पार्ने धम्की दिँदै हिँडेको भन्दै कांग्रेसको बेहाल भइरहेको बताउनुभयो ।

सभालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सङ्गठन विभाग प्रमुख खगराज अधिकारी, सांसद विद्या भट्टराई, पोखराका मेयरका उम्मेदवार कृष्ण थापा, उपमेयरकी उम्मेदवार मन्जुदेवी गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *