नेकपा एमालेलेआज काठमाडौँमा सभा गर्दै, ओलीले सम्बोधन गर्ने

Gantabya News

२७ बैशाख २०७९, मंगलवार

नेकपा (एमाले)ले आज काठमाडौँको भृकुटी मण्डपमा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा गर्न लागेको काठमाडौँ जिल्ला कमिटी सचिव राजेश शाक्यले जानकारी दिए ।

‘नेकपा एमालेले आज गर्ने सभा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा हो,’ शाक्यले भने, ‘देशभरि नै सन्देश दिने उदेश्यले काठमाडौँमा अन्तिम चुनावी सभा गर्न लागेका हौँ ।’ आजको सभामा काठमाडौँ महानगरपालिकासहित काठमाडौँ जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने पनि शाक्यले जानकारी दिए ।

‘११ वटै पालिकाका लागि हामीले बागबजार, सुन्धारा र पुतलीसडक गरी तीन स्थान तोकेका छौँ,’ काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले भने, ‘उहाँहरु तीन स्थानबाट जुलुस र झाँकीसहित भृकुटी मण्डपमा दिउँसो २ बजे पुग्नु हुनेछ । सभालाई पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *