गोकर्णेश्वर नगरपालिका प्रमुखका लागि नेपाली काँग्रेसका उम्मेदवार दीपक कुमार रिसालले सुन्दरीजलबाट काठमाडौंमा वितरण गरिएको पानी स्थानीयलाई २४ सै घण्टा वितरण गरिने बताएका छन् । रिसालले अब गोकर्णेश्वरबासीका लागि खानेपानीको समस्या नहुने बताए । आठ–दश करोडको योजनामा बालुवा भन्ने ठाउँ माथिको क्षेत्रको लागि पानी पुगिरहेको र गोकर्णेश्वरमा अन्य क्षेत्रमा केही समस्या रहेको उनको भनाई छ ।
उनले भने–‘अब हामी केयुकेयलाई के भन्छौँ भने,मेलम्चीको पानी महाँकाल वितरण केन्द्रबाट काठमाडौबासीलाई वितरण गर्नुस, अब सुन्दरीजलको पानी यहाँका जनताका लागि दिनुस भनेर डेलिगेसन पनि गरेका छौँ । त्यो काम अब हुन्छ । सुन्दरीजलको पानी गोकर्णेश्वरको ८ वटा वडालाई छोएर महानगरपालिकामा गएको छ । हाम्रो क्षेत्रको पानीमा हाम्रो अधिकार भनेको कुरालाई केयूकेयलले पनि हुन्छ भनेको छ ।’
रिसालले वडा नंबर १ देखि ४ सम्म खानेपानीको ठूलो समस्या नभएपनि जोरपाटीको वडा नंबर ५ देखि ९ सम्म विकराल समस्या रहेको बताए । ती क्षेत्रमा पानी अभाव भएपछि दुई तीन करोड रुपैयाँका डिप बोरिङ आयोजना समेत चलाइएको उनले बताए । उनले मेलम्ची आइसकेकोले स्थानीय पानी स्थानीय स्तरमै वितरण गर्ने उनले बताए ।

उनले ढल निकास व्यवस्थापनका लागि नयाँ घर बनाउँदा अनिवार्य सेफ्टी ट्याङ्की बनाउन लगाउने अन्यथा नक्सा पास नगर्ने व्यवस्था गर्ने बताए । सुन्दरीजल, बालुवा, नयाँपाटी लगायत नयाँ बस्ती बढिरहेको क्षेत्रमा सेफ्टी ट्याङ्की अनिवार्य गर्ने बताए । फेरी नयाँ ढल प्रणाली बनाएर बागमतीमा मिसाउने हो भने त्यसले प्रदूषण बढाउने भएको सेफ्टी ट्याङ्की भरपर्दो उपाय भएको उल्लेख गरे । उनले जग्गा प्लटिङ रोक्न कसैले तरकारी खेतीका लागि जग्गा भाडामा दिन्छ भने त्यसका लागि कर नलिने बताए ।

प्रतिक्रिया