ओलीको आरजुलाई प्रश्न- तिम्रो घरको बजेट हो त्यो ?

Gantabya News

२५ बैशाख २०७९, आईतवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको बजेट आउँदो जेठ १५ को बजेट नै अन्तिम बजेट हुने दावी गरेका छन् । आइतबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले ल्याउने बजेट भनेको आगामी जेठ १५ पछि कहिल्यै बजेट नल्याउने ठोकुवा गरे ।

ओलीले प्रधानमन्त्री पत्नी आरजु देउवाले युवाहरुलाई मलेसिया पठाइदिन्छु भनेर भन्दै हिँडेको भन्दै एमालेले ५, ६ जना होइन करोड युवाहरुलाई यही रोजगारीको अवसर दिएर विदेश नजाने बनाउने दावी गरे । उनले हाम्रो उम्मेदवारलाई बजेट पठाउँदिन भनेर राणाले गरेको टिप्पणीको पनि कटाक्ष गरे ।

‘अनि हाम्रो उम्मेदवारलाई जिताएनौ भने बजेट पठाउँदिन । तिम्रो घरको बजेट हो त्यो रु मानिलिऊँ उनको खल्तीको, कमाइको जस्तो’, उनले भने, ‘यो गठबन्धनले बेस्सरी बजेट पेश गरेछन् भने आउँदो जेठ १५ को बजेट यिनीहरूको अन्तिम बजेट हुनेछ ।’ उनले त्यसपछि गठबन्धनले कहिल्यै बजेट पेश गर्न नपाउने दावी समेत गरे । उनले आउँदो निर्वाचनपछि एमालेको सरकार बन्ने र त्यसपछि सोझै हटलाईनमा फोन गरेर बजेट पार्न सकिने बताए ।

त्यस्तै उनले विष्णु पौडेल भएको क्षेत्रमा बजेट पर्न नसक्ने हुनै नसक्ने पनि बताए । ओलीले निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोगले समेत बेवास्ता गरेको भन्दै भोलिदेखि आयोगलाई ५ दलीय गठबन्धनलाई बन्द गर्न चेतावनी दिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको बजेट आउँदो जेठ १५ को बजेट नै अन्तिम बजेट हुने दावी गरेका छन् । आइतबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले ल्याउने बजेट भनेको आगामी जेठ १५ पछि कहिल्यै बजेट नल्याउने ठोकुवा गरे ।

ओलीले प्रधानमन्त्री पत्नी आरजु देउवाले युवाहरुलाई मलेसिया पठाइदिन्छु भनेर भन्दै हिँडेको भन्दै एमालेले ५, ६ जना होइन करोड युवाहरुलाई यही रोजगारीको अवसर दिएर विदेश नजाने बनाउने दावी गरे । उनले हाम्रो उम्मेदवारलाई बजेट पठाउँदिन भनेर राणाले गरेको टिप्पणीको पनि कटाक्ष गरे ।

‘अनि हाम्रो उम्मेदवारलाई जिताएनौ भने बजेट पठाउँदिन । तिम्रो घरको बजेट हो त्यो ? मानिलिऊँ उनको खल्तीको, कमाइको जस्तो’, उनले भने, ‘यो गठबन्धनले बेस्सरी बजेट पेश गरेछन् भने आउँदो जेठ १५ को बजेट यिनीहरूको अन्तिम बजेट हुनेछ ।’ उनले त्यसपछि गठबन्धनले कहिल्यै बजेट पेश गर्न नपाउने दावी समेत गरे । उनले आउँदो निर्वाचनपछि एमालेको सरकार बन्ने र त्यसपछि सोझै हटलाईनमा फोन गरेर बजेट पार्न सकिने बताए ।

त्यस्तै उनले विष्णु पौडेल भएको क्षेत्रमा बजेट पर्न नसक्ने हुनै नसक्ने पनि बताए । ओलीले निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोगले समेत बेवास्ता गरेको भन्दै भोलिदेखि आयोगलाई ५ दलीय गठबन्धनलाई बन्द गर्न चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *