मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भनेर कसरी हेर्ने ?

Gantabya News

२२ बैशाख २०७९, बिहीबार

बैशाख ३० गते स्थानीय तहको चुनावमा एक करोड ७७ लाखा ३३ हजार ७२३ मतदाता छन् । आउँदो वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले स्थानीय तह चुनावमा मत दिन पाउनेछन् । आयोगले मतदाताको नामावली प्रकाशित गरिसकेको छ ।

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका र वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएकाले आफ्नो नाम तल दिइएकाे लिङ्कमा क्लिक गरेर हेर्न सकिन्छ ।

यो लिंकमा गएर आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदान स्थलको विवरण छानेपछि त्यस क्षेत्रमा भएका सबै मतदाताहरुको विवरण देखिन्छ । त्यहाँ आफ्नो नाम छानेपछि विवरणमा जन्ममिति र नागरिकता नम्बर राखेपछि मतदाता नामावलीमा भएको सबै विवरण हेर्न सकिन्छ ।

आफ्नाे नाम मतदाता नामावली छ कि छैन हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *