चितवनमा सत्तागठबन्धनले संयुक्त चुनावीसभा गर्न लागेको ठाउँ जलमग्न

Gantabya News

२२ बैशाख २०७९, बिहीबार

चितवनको भरतपुर बसपार्कमा सत्तागठबन्धनले संयुक्त चुनावीसभा गर्न लागेको ठाउँ डुबानमा परेको छ । रातभरजसो परेको पानीले चुनावी सभास्थल भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र डुबानमा परेको हो ।

सभाका तयार पारिएको मञ्च र टेन्टहरु भएको ठाउँ पनि जलमग्न भएको छ भने झण्डा पनि हावाले उडाएर यत्रतत्र पुर्याएको छ । आजको चुनावीसभालाई कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । अब सभा सोही स्थानमा गर्ने कि अन्यत्र गर्ने भन्नेबारे छलफल भइरहेको चितवन कांग्रेसले जनाएको छ ।

सभापति देउवा भरतपुरका बागी उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन हिजै भरतपुर गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *