एमाले एक क्विन्टल आलु भए गठबन्धन एक-एक तोला सुन हो -काँग्रेस महामन्त्री शर्मा

Gantabya News

१८ बैशाख २०७९, आईतवार

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी आसन्न स्थानीय तह निर्वाचनमा राष्ट्रिय रूपमा विजयी हुने दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

स्थानीय निर्वाचनमा कांग्रेस बलियो बन्ने देखेपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरू एकरएक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको उनको भनाइ छ । केही दिनअघि ओलीले एक सार्वजनिक कार्यक्रममा सत्ता गठबन्धनका पाँच दल एकरएक किलोको ढक र एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिएका थिए ।

ब्नबलष् न्चयगउ

त्यसप्रति इंगित गर्दै महामन्त्री शर्माले एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एकरएक तोला मात्र भए पनि सुन भएको तर्क गरे ।

“उहाँले एक-एक किलाका पाँचवटा ढक हुन् भन्नुभयो, हामी एक्लै क्विन्टल हौँ भन्नुभयो । मेरा जिल्लावासीलाई म विनम्रतापूर्वक भन्छु– हामी उहाँले जस्तै गरी नकारात्मक ढंगले बौल्दैनौँ, तर हिसाब नमिलेपछि हिसाब बुझाइदिनुपर्छ,” शर्माले भने, “हामी पाँचवटा एक-एक किलाका ढक होइनौँ । हामी एकरएक तोला मात्रै हौँ । क्विन्टलचाहिँ उहाँ क्विन्टल नै हो । तर, एक क्विन्टल आलु र पाँच तोला सुनको हिसाब बजारमा गएर सोध्यो भने कमरेड केपी ओलीलाई थाहा हुन्छ, वास्तविकता के हो ।”

उनले एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिए पनि भित्र भने कमल थापासँग तालमेल गरिरहेको बताए । “एकातर्फ हामीलाई एक्लै लड्छौँ आऊ, आऊ भन्ने र बोक्ने बेला कमल थापालाई बोक्ने,” उनले भने ।

महामन्त्री शर्माले कांग्रेसले तालमेलबाट पहिलो भएर शक्ति सञ्चय गर्न चाहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *