सबै बागी उम्मेदवारी फिर्ता गराउने सत्ता गठबन्धनको निर्णय

Gantabya News

१४ बैशाख २०७९, बुधबार

सत्ता गठबन्धनको बैठकले सबै बागी उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ । बुधवार बिहान बालुवाटारमा बसेको बैठकले गठबन्धनको निर्णयविपरीत गठबन्धनभित्रकै दलको तर्फबाट दर्ता भएका उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने निर्णय गरेको हो ।

त्यस्तै गठबन्धन दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरू फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने पनि निर्णय गरिएको छ । गठबन्धन दलहरूका बीचमा सिट बाँडफाँटको समझदारी गर्ने, समझदारी हुन नसकेका ठाउँमा समझदारीका लागि आवश्यक कार्य गर्नेलगायतका निर्णय गठबन्धनले गरेको छ ।

साथै कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने पनि निर्णय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *