तेस्रो विश्वयुद्धको लागी निहुँ नखोज्न अमेरिकी रक्षा मन्त्रीको चेतावनी

Gantabya News

१४ बैशाख २०७९, बुधबार

अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले नयाँ आक्रमणको प्रतिकार गर्न किभलाई आवश्यक हातहतियार दिन कुनै कसर बाँकी नराखिने अभिव्यक्ति दिएलगत्तै मंगलवार रुसी फौजले पूर्वी युक्रेनमा भयानक आक्रमण गरेको छ । मस्कोले अमेरिकाको यस्तो व्यवहारको कारण युक्रेन युद्ध लम्बिने चेतावनी दिएको थियो ।

रुससँगको दुई महिना लामो भिषण युद्धको दौरान युक्रेनलाई पश्चिमी हातहतियारले निकै सघाइसकेको छ । तर, युक्रेनी नेताहरुले तत्काल थप हातहतियारको माग गरिरहेका छन् ।

जर्मनीस्थिती संयुक्त राज्य अमेरिकाको ¥यामस्टेन हवाई अखडामा थप हतियारको आह्वानका लागि बसेको करिब ४० देशका अधिकारीहरु सम्मिलित बैठकलाई सम्बोधन गर्ने क्रममा अस्टिनले युक्रेनका लागि थप सहयोग आउँदै गरेको बताएका थिए ।जर्मनीले युक्रेनलाई विमान भेदक बन्दुक दिने घोषणा गरिसकेको छ ।


सम्बोधनको सुरुमै अस्टिनले भनेका थिए, “यस बैठकले शक्तिशाली विश्वलाई प्रतिविम्वित गरेको छ । हामीले कुनै पनि हालतमा युक्रेनको हतियारको माग पूर्ति गर्न लागेकाले म यहाँ उपस्थित अधिकारीहरुलाई युक्रेनको सुरक्षा आवश्यकताबारे साझा र पारदर्शी समझदारी व्यक्त गरेर मात्रै बैठकबाट जान आग्रह गर्दछु ।”

युद्धको सुरुआतमा युक्रेनी फौजको कडा प्रतिकारका कारण राजधानी किभ कब्जा गर्ने प्रयास असफल भएको थियो । अहिले मस्कोले आक्रमण पूर्वी युक्रेनको औद्योगिक क्षेत्र तथा अधिकांश रुसी भाषी बस्ने दोन्वासमा केन्द्रित गरेको छ । यो क्षेत्रमा सन् २०१४ देखि नै रुस समर्थित पृथकतावादी लडाकुहरु सक्रिय छन् ।

रुसी फौजको आक्रमणका कारण हजारौं सर्वसाधारणको ज्यान जानुका साथै लाखौं व्यक्ति पलायन भइसकेका छन् । यसकै कारण विश्वभर खाद्यान्न र तेलको भाउ निकै वृद्धि भइरहेको छ । शितयुद्ध उत्तरार्धको युरोपको सुरक्षा सन्तुलन भताभुङ् भएको छ । दोन्वासको सानो सहर तोरेत्स्कमा मानिस वर्षाको पानी संकलन गरी बाँच्न सघर्ष गरिरहेका छन् ।

वेलायती रक्षा मन्त्रालयका अनुसार दोन्वासको क्रेमिन्ना सहर रुसी फौजको हातमा गएको छ । मारीउपोल सहरको एजोभ्स्टल स्टिल कारखानामा २४ घन्टाभित्र मात्र रुसी फौजले ३५ पटकभन्दा बढी हवाई हमला गरिसकेको छ । रुसी फौजले दोन्वास नजिकको खार्किभ सहरमा पनि आक्रमण गरेको छ ।

यता, रुसी विदेशमन्त्री सर्गे लाभरोभले तेस्रो विश्व निम्त्याउने खालले निहुँ नखोज्न र आणविक हतियार प्रयोग हुनसक्ने स्थितीलाई कम नआक्न चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *