विभिन्न १० बस्तुको आयातमा सरकारले लगायो प्रतिबन्ध

Gantabya News

१४ बैशाख २०७९, बुधबार

सरकारले विभिन्न १० प्रकारका सामग्रीको आयातामा पूर्णत रोक लगाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीको आयातमा रोक लगाउने भएको हो।

मन्त्रालयले कुटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैं पैठारी गर्न पाउने बताएको छ। 

यस्तै, बैशाख १३ भन्दा अगाडि बैकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा यो नियम लागू हुनेछैन।

रोक लगाइएका सामग्रीहरू:
१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थ बाहेक)
३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक)
४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)
५. ६०० अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट 
६. ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन
७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन बाहेक)
८. २५० सिसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौना
१०. खेल्ने तास

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *