यी हुन शंखरापुरका मेयर र उपमेयरका उम्मेदवारहरू

Gantabya News

१३ बैशाख २०७९, मंगलवार

स्थानीय तहको निर्वाचनका लागी उम्मेदवारी दिने अन्तिम म्याद सोमबार समाप्त भएको छ । आज परेका उम्मेदवार विरुद्ध उजुरी दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । तोकिएको समयसम्ममा प्रमुख पार्टीहरूले मेयर, उपमेयर तथा सबै वडाको प्रतिनिधीहरुको उम्मेदवारी दर्ता गराएको छ ।
त्यस्तै काठमाडौँको शंखरापुर नगर पालिकाको मेयर तथा उपमेयरका लागी उम्मेदवारी निम्नानुसार निर्वाचन आयोगमा दर्ता भएकाे छ ।

राप्रपाले मेयरमा रमेश नापित र उप मेयरमा विजया कुमारी वाइबालाई उम्मेदवार बनाएको छ । नेकपा एमालेको तर्फबाट मेयरमा कृष्ण लाल बजगाईँ र उप मेयरमा लक्ष्मी केसी उम्मेदवार छन् भने नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरमा नीरज केसी र उप मेयरमा चण्डिका दंगालको उम्मेदवारी दर्ता भएका छ । त्यस्तै नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयर पदमा एलपी श्रेष्ठ र उप मेयरमा सुधा उप्रेती छन् भने नेपाली काँग्रेसको तर्फबाट मेयरमा ओमबहादुर कार्की र उप मेयरमा समिता श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *