राप्रपाकी उपमेयर उम्मेदवार विजया कुमारी वाईवा : राजनीतिलाई पेशा नबनाई समाजसेवा गर्न आएकी छु

Gantabya News

६ बैशाख २०७९, मंगलवार

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको शंखरापुर नगरप्रमुखमा रमेश नापित र उपप्रमुखमा विजया कुमारी वाईवालाई अघि सारेको छ । उस्सुको राष्ट्रिय खेलाडी समेत रहेकी वाईवाको स्थायी ठेगाना शंखरापुर नगरपालिका वडा नंबर ३ जर्सिङपौवा, साँगाचोक हो । उनी नेपाल मार्सल आर्ट हाप्किडो संघको काठमाडौं जिल्ला प्रशिक्षक पनि हुन् । राजनीतिलाई पेशाको रुपमा नभई समाजसेवाको रुपमा अघि बढाउन अग्रसर भएको बताउने वाइवासँग गोर्खाप्रेसले गरेको यो अन्तरवार्ता :


तपाई राजनीतिमा आवद्ध हुनुभएको कति भयो ?


मेरो राजनीतिको यो सुरुवात बिन्दू नै हो । तपाइले प्रत्यक्ष पनि देखिरहनुभएको छ, युवा पुस्ताको रुपमा मैले भर्खर राजनीतिमा पाइला चालेको छु ।


राप्रपाले तपाईलाई शंखरापुर नगरपालिकामा उपमेयरको उम्मेदवारको रुपमा अघि बढाएको छ । शंखरापुर नगरपालिकालाई तपाईले कसरी बुझ्नुभएको छ ?


शंखरापुर नगरपालिकालाई समग्ररुपमा मेरो आफ्नो तरिकाले बुझ्दा यहाँ समस्या नै समस्या छ । शंखरापुर नगरपालिका भइराख्दा पनि कुन हिसाबले नगरपालिका भयो ? भनेर प्रश्न उठाउने ठाउँ पनि छ । म आफैपनि शंखरापुर वडा नंबर ३ मा बस्ने भएकाले वडा नंबर ३ भित्र अहिलेसम्म पनि एम्बुुलेन्स जाने बाटो सम्म छैन् । जबकी स्वास्थ्य, शिक्षा, सडक जस्ता आधारभुत कुराहरु सम्पन्न भएपछि मात्रै नगरपालिका घोषणा हुन्ुपर्ने हो । त्यो हिसाबले पनि हाम्रो भुगोललाई हेर्दा कुनै यस्तो स्थान पनि छ, जहाँ बिद्युत पुगेको छैन, कोही बिरामी भए एम्बुलेन्स जाने बाटो समेत छैन । गोरेटो बाटो समेत नपुगेका ठाँउ समेत छन् । अहिले समग्रमा हेर्नुपर्दा हामीले साँखुलाई हे¥यौ भने, इन्द्रायणी साईडलाई हे¥यौ भने, पौवा चोकलाई हे¥र्यौ भने सुबिधा सम्पन्न ठाउँ छ, तर त्यस वरपरकाका अन्य गाउँ ठाउँमा हे¥यौ भने, त्यहाँ जनप्रतिनिधी त छन् तर जनताका समस्याहरु भने जस्ताको तस्तै रहेको देखिन्छ । शंखरापुरमा गर्नुपर्ने कामहरु धेरै देखेको छु ।


शंखरापुर नगरपालिकामा तपाईले उपमेयरका लागि प्रतिस्पर्धा गर्न लाग्दा यो नगरमा महिलाको अवस्था चाँही कस्तो देख्नुभएको छ ? सुधार गर्नुपर्ने कुरा के के छन् ?


ठ्याक्कै भन्नुपर्दा शंखरापुर नगरपालिकामा सबैभन्दा ठुलो जनसमुदायको रुपमा तामाङहरुको बाहुल्यता छ । सबैभन्दा धेरै तामाङ जातीमा महिलाहरु पछाडी परेको अवस्था छ । कतिपय महिला एक्टिभ नै देखिन्छ तर आम महिलामा चेतनाको कमि छ । थोरै महिलामा शिक्षा छ, क्षमता छ, जागरण छ तर पनि त्यसलाई प्रस्तुत गर्ने माध्यम र ठाउँ पाइरहेका छैनन् । यस हिसावले गर्दा केहि हदसम्म, केहि प्रतिशत महिलाहरु एक्टिभ नै हुनुहुन्छ शिक्षादेखि लिएर हर क्षेत्रमा काम गरिरहनुभएको छ तर त्यो भन्दा बाहिरको अवस्थालाई हेर्ने हो भने यो क्षेत्रका महिलाहरु चुलोचौका र मेलापातबाट माथि उठ्न सकेका छैनन् । उनीहरुको जिवनस्तर सुर्धानका लागि विशेष योजना ल्याउन आवश्यक ठानेको छु ।


उपमेयर जित्ने आधार के देख्नुभएको छ ? तपाई नयाँ हुनुहुन्छ तर तपाईका प्रतिस्पर्धीहरु बर्षौदेखि राजनीतिमा लागिरहेका छन् । तपाई आफु निर्वाचित हुने आधार के के छन् ?


राजनीतिको सन्र्दभबाट नै मेरो कुरालाई अघि बढाउन चाहन्छु । तपाई अहिले पनि गाउँठाउँको जो कोहीलाई गएर सोध्नुहोस, राजनिती तपाईलाई मन पर्छ कि पर्दैन् भनेर । सबैको एउटै जवाफ आँउछ राजनिती मलाई मन पर्दैन् । त्यो हिसाबले राजनीतिप्रति आम जनतामा दिग्दारी उत्पन्न भइरहेको अवस्था छ । हरेक क्षेत्रमा, हरेक ठाउँमा । त्यो हिसाबले अहिले राजनीति जसरी चलिरहेको छ, त्यहि हिसाबबाट हामी अगाडी बढ्ने हो भने पक्कैपनि उपलब्धी हुने छैन् । तर फरक ढाँचाबाट राजनीतिलाई पेशा नबानाईकन समाजसेवाको रुपमा राजनिती गर्ने हो भने जित्ने आधार हुन्छ, त्यो एउटा कुरा भयो । अर्को कुरा राजनीति भनेको पेशा हैन्, राजनीति समाजसेवा हो । मैले राजनीतिक जीवनको सुरुवात गर्दै गर्दा यो कुरालाई आत्मसाथ गरेर अगाडी बढ्छु ।
अहिले हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीले अघि सारेको एजेण्डाहरुलाई हेर्ने हो भनेपनि स्थानीय सरकारदेखि नेपाल अधिराज्यभरिकै जनहितमा छ, नेपालीहरुको हितका लागि राष्ट्रवादी ऐजेण्डा बोक्ने पार्टी हुनुपनि अर्को जित्ने अर्को आधार हो ।
त्यस्तै मैले अघि नै पनि भने, यो क्षेत्र तामाङ जनजाती बाहुल्य क्षेत्र हो, अहिले म जनजाती तामाङ जातिकै प्रतिनिधित्व गर्दै उपमेयरमा उठेको हुँदा जातिय हिसावले र बाहुल्यताको हिसावले पनि मैले चुनाव जित्ने अर्को आधार हो ।


यस्तै अहिले यहाँ बिकास निर्माणका काममा ज्यादै बिकृती भइरहेको छ, राजनीतिक नेता कार्यकर्ता पोस्ने काममा सिमित छ जुन नितान्त गलत हो । विकास निर्माणका कामहरुलाई पारदर्शी रुपमा जनतामा लानुपर्छ, जनतामुखि भएर काम गर्नुपर्छ र ती कामहरुलाई नितान्त फरक ढंगबाट गर्नुपर्छ हामी अगाडी बढेका छौ, यो मेरो जितको अर्को एउटा आधार हो ।
त्यस्तै अर्को आधार भनेको अहिलेको माहोल हो । अहिले देशैभर राप्रपाको माहौल छ । शंखरापुरको परिवेशलाई हेर्दा पनि वडा नंबर ६ र ७ मा हाम्रो जित सुनिश्चित छ । म आफै वडा नंबर ३ को बासिन्दा समेत भएको कारणले गर्दा त्यहाँको माहोल एकदमै राम्रो छ । अरु चारवटै दल मिल्दासमेत राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हराउन मुस्किल छ । त्यस्तै वडा नंबर ८ मा पनि ब्यापक प्रचारप्रसार भइराखेको छ । हाम्रो संगठन एकदमै बलियो भएको अवस्था छ । यसपाली त्यहाँको वडा अध्यक्ष हाम्रै पार्टीबाट निर्वाचित हुनेगरी काम गरिरहेका छौँ ।
वडा नंबर १ मा हाम्रो दोर्जे लामा दाई हुनुहुन्छ । उहाँको नेतृत्वमा त्यहाँको संगठन बलियो भएको छ । अन्य वडामा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको जनआधार बलियो भएको छ । सबै ठाउँमा जनआधार बलियो भएको कारणले अबको निर्वाचन हाम्रो पक्षमा हुनेछ भन्नेमा कुनै दुईमत छैन् ।


तपाई निर्वाचित हुनुभयो भने के के गर्नुहुन्छ ? तपाईको भिजन के के छ ?


उपमेयरको जिम्मेवारी अनुरुपका कामहरु जे जे छन् ती सबैलाई इमान्दारिताका साथ पूरा गर्नेछु । ठ्याक्कै भन्नुपर्दा मेयरको भन्दा उपमेयरको जिम्मेवारी धेरै हुने भएकोले सोही बमोजिक काम गर्नेछु । म पेशागत रुपमा खेल क्षेत्रमा समेत आवद्ध छु । सुरुवाती क्रममा मैले चाइनिज मार्शल आर्ट उस्सु बाट खेललाई अगाडी बढाएको थिए । म अहिले राष्ट्रिय खेलाडीको रुपमा रहेको छु । पछिल्लो समयमा नेपाल मार्शल आर्ट हाप्किडो एसोसियशन खेल संघमा दर्ता भएसँगै काठमाडौँ जिल्लाको प्रशिक्षकको रुपमा अगाडी बढिरहेको छु ।
समग्र शंखरापुर नगरपालिकामा खेल संगसगै स्वास्थ्य र आत्मरक्षाको तालिमलाई जोडेर अगाडी बढाउन चाहन्छु । अहिले शंखरापुरमा जे जति खेल समिती रहेका छन् उहाँहरुले फुटबल, भलिबललाई मात्रै प्राथमिकता दिइराख्दा अन्य खेलहरु ओझेलमा परेको अवस्था रहेको छ । यदि हामीले टोलटोलमा गाउँगाउँमा वा वडासँग नै समन्वयन गरेर वडामा नै खेल समितिहरु गठन गरेर खेलकुद कार्यक्रम सञ्चालन गर्न सक्यौँ भने स्क्ुल हँुदै, जिल्ला हुँदै प्रदेश हुदै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सक्छौ ।
साथै महिला सशक्तिकरणका लागि, उनीहरुलाई आत्मनिर्भर बनाउन तथा रोजगारी सिर्जना गर्न विभिन्न तालिमका कार्यक्रमहरु अघि बढाउने, यहाँका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई कसरी माथि उठाउन सकिन्छ त्यसको लागि भूमिका खेल्नेछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *