काठमाडौंको शंखरापुर नगरपालिका वडा नं. ६ मा मुन्ना विष्टको अध्यक्षमा ५१ सदस्यीय युवक संगठन गठन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन युवक संगठनको शंखरापुुर वडा नं. ६ कार्यसमितिको पुर्नगठन गरिएको हो ।
शनिवार साँखुमा भएको भेलाबाट विष्टको अध्यक्षतामा ५१ सदस्यीय युवक संगठनको कार्यसमिति चयन भएको हो । उनीहरु सर्वसम्मत रुपमा चयन भएका हुन् । कार्यक्रममा शंखरापुर वडा नंबर ६ र ७ का वडाध्यक्ष विष्णु श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ, राप्रपा शंखरापुरका मेयरका उम्मेदवार रमेश नापित लगायतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया