शंखरापुर वडा नंबर ६ मा महिलालाई ब्याग बनाउने तालिम सम्पन्न

Gantabya News

१९ चैत्र २०७८, शनिबार

काठमाडौंको शंखरापुर नगरपालिका वडा नंबर ६ मा सिलाई जानेका १८ जना महिलालाई ब्याग बनाउने तालिम दिईएको छ ।
वडा नं ६ को आर्थिक सहयोगमा तारामण्डल महिला सशक्तिकरण अभियानले सिलाई जानेका महिलाहरूलाई ५ दिने ब्याग बनाउने तालिम दिइएको हो । चैत १९ गते शनिवार तालिम कार्यक्रम सम्पन्न गर्र्दै सहभागीहरुलाई प्रमाणपत्र दिइएको छ ।
तालिम समापन तथा प्रमाणपत्र बितरण कार्यक्रमका प्रमुख अतिथि वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका छन् । वडाध्यक्ष श्रेष्ठले सिलाई जानीसकेका र आफ्नै पसल समेत भएका महिलाहरुलाई थप सशक्त र आगामी दिनमा आर्थिक आर्य बृद्धिमा सहयोग भन्ने उद्धेश्यले तालिम कार्यक्रम गरिएको जानकारी दिए ।

गोर्खाप्रेससँग कुरा गर्दै वडाध्यक्ष श्रेष्ठले भने–‘सिलाई सिकिसकेकाहरुको थप क्षमता अभिबृद्धि गर्दै आगामी दिनमा उनीहरुले थप आयआर्जन गर्ने ढोका खुलोस भन्नका लागि १८ जना महिलालाई ब्याग सिलाउने तालिम दिएका छौँ । यसबाट उनीहरु थप आत्मनिर्भर बन्ने हामीले अपेक्षा लिएका छौँ । उनीहरुले भोलीका दिनमा उत्पदान गर्ने ब्यागको बजारीकरणको समस्या छैन् । आफैले बनाएको ब्याग आफ्नो पसलबाट पनि विक्री गर्न सक्नेछन् । साथै उनीहरुलाई सामुहिक रुपमा उत्पादनमा जोड दिएर समूहमार्फत बजारीकरण गर्नका लागि पनि वडाको तर्फबाट सहयोग रहनेछ ।’
तालिम प्रदान गर्ने संस्था तारामण्डल महिला सशक्तिकरण र वडाले राखेको योजनाको उदेश्य एउटै भएकोले सो संस्थाले तालिम दिएको उनको भनाई छ । कार्यक्रममा प्रशिक्षार्थीहरु तालिमका क्रममा बनाएको ब्याग उनीहरुलाई हस्तारण गरिएको छ ।
कार्यक्रममा तारामण्डल महिला सशक्तिकरण अभियानका अध्यक्ष कुन्तिदेवि पोखरेल, प्रमुख प्रशिक्षक कल्पना योगी, प्रशिक्षक ईना श्रेष्ठ लगायत संस्थाका पदाधिकारी सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *