शंखरापुरमा राप्रपा हिजो दोश्रो शक्ति थियो, अवको चुनाव पहिलो शक्ति बनेर जित्छौं : वडाध्यक्ष राधाकृष्ण श्रेष्ठ

काठमाडौंको शंखरापुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठले आगामी स्थानीय तहको चुनावमा फेरी सोही पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । २०७४ सालको स्थानीय तहको चुनावबाट निर्वाचित भएपछि उनले नगरपालिकाले दिएको सुविधाको मोटरसाइकल समेत अस्वीकार गरेका थिए । वडाको गौरवको आयोजनाको रुपमा कलश पोखरी निर्माण, वडाभित्रका ऐतिहासिक सम्पदाको संरक्षण, खानेपानी आयोजना, सडक पूर्वाधार निर्माण तथा विपद जोखिम न्यूनिकरणका सन्दर्भमा उनले प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । प्रस्तुत छ शंखरापुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठसँग आँउदो स्थानीय तह निर्वाचनका सन्दर्भमा केन्दीत रहेर गरिएको यो अन्तरवार्ता :

निर्वाचित भएर आएपछि तपाईले यस वडामा विकास निर्माणका सन्दर्भमा के के कामहरु गर्नुभयो ?

साँखुमा मुख्य समस्याका रुपमा खानेपानीको समस्या थियो । त्यो लगभग पूर्ण रुपमा समाधान गरेका छौँ । २०७२ सालको विनासकारी भुकम्पले व्यतिगत घरदेखि यहाँका धेरै साँस्कृतिक सम्पदाहरु पूर्णरुपमा ध्वस्त भएको थियो जसमध्ये हामीले धेरै सम्पदाहरु बनायौँ । पाटीपौवाहरु बनायाँै, पुरानै शैलीका कलात्मक धाराहरु बनायौ, पोखरीहरु बनायौ । वडाकै गौरबको आयोजनाको रुपमा कलश पोखरी निर्माणको काम सम्पन्न ग¥यौँ ।
सडक स्तरोउन्नतीका कामहरु सम्पन्न ग¥र्यौै । स्वास्थ्य उपचारमा छुटका कार्यक्रमहरु ग¥यौँ । हामी जनप्रतिनिधीहरु जनताको असली सेवक हुनुपर्छ भन्ने हिसावले जनताले तिरेको करबाट सुविधा लिनुहुन्न भनेर हामीलाई नगरपालिकाबाट मोटरसाईकल सुविधा दिँदापनि हामीले लिएनौँ । त्यो मोटरसाईकल लिँदा एउटा मोटरसाईकल लिएको जस्तोमात्रै देखिन्छ तर पाँच बर्षमा एउटा मोटरसाइकलले दुईवटा मोटरसाईकल बराबरको पैसा खाइदिन्छ । त्यसमा तेल हाल्नुप¥यो, मर्मत खर्च आदीले धेरै खर्च गराईदिन्छ । त्यसैले हामी जनप्रतिनिधी भएपछि जनताको करको दुरुप्रयोग गर्नु हुँदैन भन्ने ढंङ्गले हामीले काम ग¥र्याैं ।
साथै विकास निर्माणमा काममा रकम अपुग भएको अवस्थामा हामीले हाम्रै तलव भक्ताबाट खर्च ग¥यौँ । जस्तै कलश पोखरीमा हामीले आफ्नो तलव भत्ताको २ लाख रुपैयाँ राख्यौँ । माधवनारायण मन्दिर बनाउदा पनि हाम्रो तलवबाट २ लाख रुपैँया राख्यौँ । कुनैमा १ लाख, कुनैमा ५० हजार गरी आवश्यक ठाँउमा कुनैमा २५ हजार पनि आफ्नो तलबबाट खर्च गरेका छौँ ।
यस्तै अन्य विभिन्न कुरामा जस्तै खेलकुदका लागि खुला चौरहरु निर्माण गर्ने काम गरेका छौँ । यो आर्थिक बर्षमा मात्र बस्तीभित्र र बाहिर गरेर ११ वटा कलात्मक ढुङ्गेधाराहरु बनाएका छौँ ।

यो आर्थिक बर्षमा मात्र ११ वटा वडा स्ततरिय सडक र टोल स्तरीय सडक स्तरन्नोतीको काम गरेका छौँ । त्यसमध्ये धेरै काम सकिएको अवस्था छ । वडाभित्र हामीले समानुपतिक रुपमा विकासका काम गरेका छौँ । हाम्रो वडाभित्र रहेका कुनैपनि टोलले हाम्रो ठाँउमा विकास भएको छैन्, यो ५ बर्षभित्र विकास गरेको छैन भन्न नपाउने गरि समानुपातिक ढंगमा आवश्यकता अनुसार विकासनिर्माणको काम गर्न हामी सफल भएका छौँ ।
स्थानिय चुनावका लागि आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । तपाई फेरी दोहोरिने वा नदोहोरिने ?
फेरी एकपटक वडाअध्यक्षमा नै उठ्ने मैले सोच बनाएको छु । किनभने अझै केहि कामहरु बाँकी नै छन् । भूकम्पको पुनर्निर्माण तथा कोभिड संकटका कारण आफूले चाहे अनुसारका काम ५ बर्षभित्र गर्न संभव भएन् । ती सबै कामहरु पुरा गर्नका लागि पनि फेरी वडाअध्यक्ष भएर काम गर्न चाहेको छु । हिजो जसरी काम गर्ने उद्धेश्यका साथ, हिजो चुनाव अगाडी पनि ९ वडाहरुमध्ये राम्रो वडा बनाउछु भनेर जसरी मैले जनतामाध प्रतिबद्धता ब्यक्त गरेको थिँए, त्यो वास्तविक रुपमै सर्वोत्कृष्ट भएको जनताले महशुश गरेका छन् । किनकी पाँच बर्षको अवधीमा हामीले विकास निर्माणमा अग्रता कायम गरेका छौँ र जनताहरुपनि हाम्रो कामबाट सन्तुष्ट भएको अवस्था छ । मैले फेरी वडाअध्यक्ष भएर बाँकी रहेका काम गरु भन्ने जनताको पनि चहाना भएकाले फेरी एकपटकका लागि अन्य पदमा उम्मेदारी नदिई वडा अध्यक्षमा नै उठ्ने बिचार गरेको छु ।

शंखरापुर नगरपालिकामा राप्रपाको अवस्था कस्तो छ ? तपाईहरुको पार्टीको नयाँ महाधिवेशन पछाडी यहाँ पार्टीको संगठन कुन रुपमा अगाडी बढिरहेको छ ?

५ बर्ष अवधीमा शंखरापुरमा अझ बलियो राप्रपा बनेको छ । शंखरापुरमा मात्रै हैन महाधिवेशन पछि देशैभरी राप्रपाको लहर चलेको छ । शंखरापुरको कुरा गर्ने हो हाम्रो पार्टी यहाँपनि अत्यन्त मजबुद अवस्थामा छ । अवको चुनावमा राप्रपा अग्रस्थानमा हुन्छ भन्ने मेरो विश्वास छ । किनभने हामीले ५ बर्षभित्रमा दुईवटा वडामा गरेका कामहरु तथा राष्ट्रिय स्तरमा हेर्दा ५ बर्षमा दुइतिहाई सरकार फेल भएको अवस्था, कांग्रेस र कम्युनिष्टले देशलाई अगाडी बढाउन नसकेको अवस्था र ती पार्टीप्रति जनताको विस्वास टुटेको हुनाले राप्रपाको नीतिप्रति जनताको आकर्षण बढेको छ ।
हिजोका दिनमा पनि शंखरापुरमा हामी दोश्रो शक्तिका रुपमा थियौं अवको चुनावमा पहिलो शक्ति बन्ने प्रयासमा छौँ । कम्युनिष्टहरुको विभाजन र उनीहरुले काम गर्न नसकेको कारण, कांग्रेसको कुरा गर्दा हिजोपनि यहाँ एउटा वडामात्र जितेर तेश्रो स्थानमा थियो । त्यसैले स्वाभाविकै रुपमा यसपटकको चुनावमा राप्रपा पहिलो पार्टीको रुपमा उभिनेछ र पार्टीले पनि मेयर उपमेयर सहित वहुमत वडाअध्यक्ष जित्ने लक्ष्यमा साथ हामीले पार्टीलाई अघि बढाइरहेका छौँ ।

तपाईले आफ्नो वडामा अझै कामहरु बाँकी रहेकोले फेरी दोहोरिन चाहेको बताउनुभयो । अब फेरी तपाई निर्वाचित भएमा के के गर्नुहुन्छ ?

हाल सम्पन्न भएको कामलाई संरक्षण गर्दै हामीले ५ बर्षमा जतिपनि उपलब्धी हासिल गरेका छौँ, त्यसलाई दिगो रुपमा संरक्षण गर्दै जानेछु । पुनर्निमार्णका केही कामहरु बाँकी छन्, हाम्रा सम्पदाका कामहरु थोरै बाँकी छन्, सडकका पनि केही कामहरु बाँकी छन् । पहिले हामी पुर्वाधार निर्माणमा केन्द्रित रह्यौ भने अब हामी जनताका आय आर्जन र समाजको आर्थिक अवस्था उकास्ने खालका काममा केन्द्रित हुनेछौँ ।

चुनावी गतिबिधी कसरी सुरु गर्दै हुनुहुन्छ ? संभावित उमेद्धवार कसरी छनौट गर्दै हुनुहुन्छ ? संगठन निर्माणका काम कसरी गर्दै हुनुहुन्छ ?

अहिले मोटामोटी रुपमा हामीले उमेद्धवार तय गरिसकेका छौ । औपचारिक रुपमा घोषण गर्न मात्रै बाँकी छ । हामीले टोल टोलमा गएर संगठन निर्माणको काम गरेका छौँ । टोल कमिटीहरु बनाएका छौँ । अलि पछि ब्यापक सभा नै गरेर उम्मेदवारी घोषणाका साथ हाम्रा आगामी योजनाहरु सार्वजनिक गर्ने काम हुन्छ । उमेदवारी छनोट गर्दा हामीले सहमतीको आधारमा टुङ्गाएका छौ । केही वडामा उम्मेदवार टुङ्ग्याउन बाँकी रहेकोले सहमतीकै आधारमा टुङ्गो लगाउने गरी छलफल भइरहेको छ ।

शंखरापुर नगरपालिकामा वडा नं ६ र ७ मा राप्रपाको बलियो उपस्थिती छ तर अरु वडामा किन राप्रपा बलियो हुन सकेन ?

पहिले तुलनात्मक रुपमा वडा नं. ६ र ७ को तुलतनामा अरु वडामा केही कमजोर भएपनि अहिले हामी व्यापक रुपमा बलियो भएको छौँ । पहिले आन्दोलनको रापताप बोकेर आएका दललाइै एकपटक हेरौँ भन्ने चाहनाले हामीलाई त्यति रुचाइएन । अहिले जनताले कुन पार्टी ठीक कुन बेठीक बुझेका छन् । कुन पार्टी गफ मात्र गर्ने पार्टी भनेर जनताले चिनेका छन् । जनताले राप्रपा वास्तवमै बिकास गर्ने पार्टी रहेछ भनेर बुझेका छन् । राप्रपा सानै भएपनि इमान्दार पार्टी रहेछ भनेर बुझेका छन् । यिनीहरु बोलेको कुरा पुरा गर्छन, इमानदारिताले नै शंखरापुरमा राप्रपा चिनिएको छ । सिद्धान्त त सबैको राम्रो हुन्छ तर व्यवहार नै सबैभन्दा ठुलो कुरा हो । शंखरापुरमा कांग्रेस, एमाले र माओवादीबाट राप्रपामा प्रवेश गर्नेहरुको लहर चलिरहेको छ । पहिले सबैभन्दा कमजोर रहेको गाउँठाउँमा हामीले गरेका कामहरुबाट जनताहरु हामीतर्फ आकर्षित भइरहेका छन् ।
ठुला पार्टीहरु कुरामात्रै गर्ने, ठुलाठुला सिद्धान्तको कुरा गर्ने, नाम क्रान्तिकारी भन्ने तर काम निरङ्कुसभन्दा पनि चर्को गर्ने अवस्था छ । उनीहरुले हामीलाई पुरातनपन्थी भनेर आरोप लगाएपनि हामीले व्यवहारले क्रान्तिकारी काम गरिरहेका छौँ ।
देशमा दुइतिहाईको सरकार नचलेर २१ सिटवाला प्रधानमन्त्री हुनुपर्ने अवस्था छ । कांग्रेसले प्रतिपक्षमा हँुदापनि र अहिले सरकारमा रहँदापनि जनताको पक्षमा काम गर्न सकेको छैन् । पछिल्लो चरणको उदाहरणको रुपमा एमसीसीलाई नै लिन सकिन्छ । जनताको नजरमा ठुला भनिएका दलहरुले देशद्रोही काम गरेका छन् ।
एमाले, कांग्रेस, माओवादीको बोलाई र गराइमा धेरै अन्तर देखियो । हाम्रो यहीँको उदाहरणलाई हेर्दा शंखरापुरलाई समृद्ध बनाउने उनीहरुले नारा दिएर चुनाव जिते । चुनाव जितेपछि आफुमात्रै समृद्ध बन्ने काम गरे । आफ्ना वरपरकालाई मात्रै समृद्ध वनाउने काम गरे । त्यसको ज्वलन्त उदाहरणको रुपमा यहाँ अवैध रुपमा बालुवा खानीहरु चलाएका छन् । बस्ति नै जोखिममा पारेका छन् ।
लप्सेफेदीको बोजिनी साइटमा हिमालेको मनोरम दृश्य देखिने ठाउँमा तारैतार राखेर एमसीसी, अपर तामाकोशीको नाउमा बस्ती नै उजाड गर्ने काम भइरहेको छ । माकुराको जालोजस्तो तार राखेर हिमाललाई छेकिने काम, प्रकृतीलाई छेकिने काम भएको छ । त्यसैले यिनीहरुको भनाइ र गराइमा निकै अन्तर छ । राप्रपाले जे बोल्छ त्यही गरेर देखाएको छ, अझै नबोल्दा पनि जनताको पक्षमा राम्रा काम गरेर देखाएको छ ।

अहिले एमाले फुटेको छ, कांग्रेस, माओवादी, समाजवादी बिचमा गठबन्धन बनाउने कुरा पनि छ, यसले तपाईहरुको पार्टीमा केही प्रभाव पर्छ कि पर्दैन् ?

अरुले कस्तो गठबन्धन बनाउँछन्, हामीलाई मतलव छैन् । हामीले जनतासँग गठबन्धन गर्ने भनिरहेका छौँ । हिजो काङ्ग्रेसमा भोट हाल्न लगाइएका जनतालाई, एमालेमा, माओवादीमा भोट हाल्न लगाइएका जनतालाई अब चाही राप्रपामा भोट हाल्न प्रेरित गर्दैछौँ । हामी जनतामा राष्ट्रियताको सचेतनाका कार्यक्रम लिएर जान्छौँ । ५ बर्षमा हामीले गरेका कामहरु देखाएर जनतासँग गठबन्धन गर्ने हामीले सोच बनाएका छौँ । यो सोच नै सबैभन्दा राम्रो सोच हुन सक्छ । कांग्रेस, माओवादी, समाजवादी लगायतको गठबन्धन बनाउँदैमा जनताले पत्याउलान जस्तो लाग्दैन् । किनकी यी दलहरु सधै अप्राकृतिक गठबन्धन गर्छन जुन कुरा जनताले देखिसकेका छन् । यस्ता गठबन्धनबाट जनताले सुख पाउदैनन् भन्ने कुरा देखिसकेका छन् । इमान्दार र सक्षम व्यक्ति छान्दामात्रै आफ्नो ठाँउको भविष्य सुनिश्चित हुन्छ भन्ने कुरा जनताले बुझेका छन् । शंखरापुरमा राप्रपामात्रै इमान्दार, सक्षम र स्वच्छ पार्टी हो भन्ने कुरा वितेको ५ बर्षमा जनताले बुुझिसकेका छन् । यसकारण पनि अरु दलहरुले गठबन्धन बनाएपनि राप्रपालाई कुनै असर पर्दैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *