दिप्रुङ चुइचुम्मा गाउँपालिका स्तरीय बक्तृत्वकलामा उषा गुरुङ प्रथम भएकी छिन् ।
‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ १ सय १२ औं अन्तरास्ट्रिय महिला दिवसको उपलक्ष्यमा गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा उनी प्रथम भएकी हुन् ।
‘महिलाको अधिकार सबैको सरोकार’ भन्ने शीर्षकको बक्तृत्वकलामा वडा नं १ बाट सहभागी भई प्रथम भएकी गुरुङ्लाई नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष सपना राईले नगद ७ हजार ५ सय रुपैयाँ सहित सम्मान गरेकी हुन् ।
सोही गाउँपालिकामा रहेको महेन्द्रोदय आधारभुत विद्यालयकी शिक्षक समेत रहेकी उनले स्कुले जिवनदेखि नै विभिन्न प्रतियोगितामा पुरस्कार प्राप्त गर्दै आएकी छिन् ।
आफू पुरस्कृत भएपछि प्रतिक्रिया दिँदै गुरुङले भनिन्–‘यस्तो पुरस्कार मैले अहिले मात्र पाएको हैन । कक्षा १ देखि नै विभिन्न फरक फरक प्रतियोगितात्मक कार्यक्रममा भाग लिदैँ आएको छु । मलाई यस्तो पुरस्कार लिने बानी नै भइसकेको छ ।’
हेर्नुहोस कार्यक्रमका तस्वीरहरु :



प्रतिक्रिया