सीमान्तकृत वर्गका विद्यार्थीलाई सेञ्चुरी बैंकको न्यानो कम्बल

Gantabya News

२३ मंसिर २०७८, बिहीबार

सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सीमान्तकृत वर्गका विद्यार्थीहरूको हितको लागि न्यानो कम्बल वितरण गरेको छ । काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–४, छेडामा लक्ष्मी प्रतिष्ठानद्धारा सञ्चालन गरिएको कुमार बलराम स्मृति छात्रावासमा रहेका सीमान्तकृत वर्गका ४९ जना विद्यार्थीहरूलाई न्यानो कम्बल वितरण गरिएको बैंकले जानकारी दिएको छ ।

वितरण कार्यक्रममा लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद गौतम, प्रतिष्ठानका कार्यक्रम अधिकृत कृष्ण गौतम, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम खरेल, सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहाल, दोलालघाट शाखाका शाखा प्रबन्धक ईश्वर रानाभाट लगायत उपस्थित थिए ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगायत विभिन्न क्षेत्रहरूमा सहयोग गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *