कांग्रेसले बोलायो अनुशासन समितिको बैठक,खड्कालाई कारबाही गर्ने तयारी

Gantabya News

१५ चैत्र २०८२, आईतवार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ । बुधबार दिउँसो एक बजे समितिको बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । शनिबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई गिरफ्तार गरेको विरोधमा नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति जारी गरेका थिए ।

खड्काले ‘कार्यवाहक सभापति’का रूपमा विज्ञप्ति जारी गरेको विषयलाई गम्भीर रूपमा लिएको छ । गत पुसमा भएको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । तर खड्काले कार्यवाहकको रुपमा विज्ञप्ति जारी गरेपछि उनीमाथि कारबाहीको तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *